Fri. Nov 22nd, 2024

काठमाडौं, माघ २२ । फिल्म ‘लुट’को आइटम डान्स ‘उध्रेको चोली’ हिट भएपछि नेपाली फिल्ममा आइटमको भेल आएको थियो । आइटमका लागि उध्रेको चोलीमा नाचेकी सुषमा कार्कीलाई अफरको ओइरो पनि लाग्यो । उनका अरू आइटमले कमाल नदेखाएपछि उनी र आइटम दुवै नेपाली फिल्मका कमजोर मसला बने । केही समयअघि रिलिज ‘ढुवानी’मा ‘छलक छलक’ जवानीमा जवानीको रङ देखाएकी थिइन्, अर्चना गेलालले । फिल्मले ‘पानी’ भन्न नपाए पनि उनको आइटमको चर्चा राम्रै चलेको थियो । केही दिनअघि मात्रै अर्चनाले अर्काे फिल्म ‘दमदार’मा आइटम गरेकी छिन् । ‘जिकज्याक जवानीमा’ भनेर मनीषा पोखरेलले गाएको गीतमा उनको कम्मर लच्काएकी हुन् । उक्त फिल्मका निर्देशक कमलकृष्णले चाहेजस्तो आइटम गरेको बताएका छन् । पछिल्लो समय नेपाली फिल्ममा आइटम अनिवार्य छ, आइटम गर्नेको भने अभाव छ । अर्चनाले त्यो अभाव पूरा गर्लिन् त ?

archana