Fri. Apr 26th, 2024

काठमाडौं, माघ २१ । डायमण्ड शमसेर राणाको ऐतिहासिक विषयमा आधारित उपन्यास कृति ‘सेतो बाघ’ निकै चर्चित छ । अर्थात् नेपाली पाठकमाझ यसको गर्जन कायम छ । अब टेलिभिजन र फिल्मका पर्दामा पपनि ‘सेतो बाघ’ गर्जिने भएको छ मंगबालर थापाथलीस्थित पञ्चायनी मन्दिर परिसरमा डायमण्ड शमसेरका छोरा मधुशमसेर राणाको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र र मेघा सिरियल निर्माण गर्ने निर्देशक तथा कलाकार नीर शाहले घोषणा गरेका हुन् ।
यसअघि डायमण्ड शमसेरकै कृति ‘बसन्ती’मा आधारित फिल्म ‘बसन्ती’को निर्माण तथा निर्देशन गरेका शाहले ‘सेतो बाघ’ टेलिसिरयिलमा समेत उतार्ने बताए । कार्यक्रममा बोल्दै शाहले भने, ‘सेतो बाघ कृतिको सबै मर्मलाई उतार्दा ९१ शृंखलाको सिरियल बन्ने छ भने करिब साढे दुई घण्टाको चलचित्र निर्माण हुनेछ ।’ फिल्ममा जंगबहादुरका अन्तिम ३० दिन समेटिने बताइएको छ फागुन पहिलो सातादेखि छायांकन सुरु हुने कताउँदै शाहले भने, ‘एउटै कथावस्तु भएकाले छायांकन पनि एकैसाथ हुनेछ । तर प्रस्तुती भने फरक फरक हुन्छ ।’
निर्देशक शाहले बताए । उनका अनुसार एक मात्र चिनिएका कलाकार धर्मेन्द्र मरवैता विशेष भूमिकामा देखिने छन् । फरक स्वाद र नयाँ सिर्जनाका लागि नयाँ कलाकार चयन गरिएको शाहले बताए । सबै कलाकार अडिसनमार्फत चयन गरिएको बताउँदै शाहले ५७ जना कलाकार अडिसनमार्फत फाइनल गरिएको बताए ।
महाशक्ति मल्टि मिडिया र नीर सिनेमा प्रालिको व्यानरमा मञ्जुश्रीराज्यलक्ष्मी राणा र पुरनशम्सेर जबराले ‘सेतो बाघ’ को निर्माण गर्न लागेका हुन् । काठमाडौं, चितवन र मकवानपुरमा छायांकन हुने ‘सेतो बाघ’ को एक करोड रुपैयाँ अनुमानित बजेट रहेको शाहले बताए । उउनले भने, ‘सेतो बाघका लागि हामीले एक करोड रुपैयाँ लगानी गर्दैछौं । सकेसम्म बजेट कम गर्ने प्रयास गर्नेछौं तर कस्टम नै महँगो भएकाले यो बजेटमा अझ बढ्न पनि सक्छ ।’
चलचित्रमा मञ्जुश्री, धर्मेन्दै मरवैता र प्रेमेन्द राणा विशेष भूमिकामा देखिने भएका छन् । यस ऐतिहासिक चलचित्रमा अञ्जना कट्टेल, प्रियंका आचार्य, प्रमिला थापा, विनिशा सुबेदी, सीता न्यौपाने, संस्कृति कार्की, आस्था बजगाइँ, सुनिता सापकोटा, लक्ष्मी मगर, यशोदा खनाल, नीलम ढुंगेल, अनिता दंगाल, सन्ध्या बराल, मञ्जरी घिमिरे, भीमादेवी खतिवडा, मुना कार्की, अस्मिता आचार्य, रिता कट्टेल, देवप्रसाद श्रेष्ठ, दीपक आचार्य, पुजन थापा, गोामा भुजेल, विनिता श्रेष्ठलगायत ९१ क्लाकारको अभिनय रहने भएको छ ।

for media 4 (1)

for media3

%d bloggers like this: