Fri. Apr 26th, 2024

काठमाडौं, १० माघ । प्रायः फिल्मका अभिनेत्री सेक्सका विषयमा खुल्न चाहदैनन् बरु उनीहरु रिलमा ‘किस सीन’ र ‘बेड सीन’ दिनलाई हिच्किच्चाउँदैन् । रियलमा सेक्सबारे खुल्यो भने बर्बाद भइन्छ भन्ने उनीहरुको सोचाइ छ । तर, सबै अभिनेत्री उस्तै छैनन् । नयाँ पुस्ताका अभिनेत्री सेक्सबारे खुलेरै कुरा गर्न थालेका छन् ।

यस्तै, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदाउँदो अभिनेत्री विनिता घिमिरेका लागि ‘सेक्स’ एउटा जीवन जिउने आधार हो । यति मात्र नभई उनी ‘लभरसँग सेक्स सम्बन्ध हुनुलाई’ सामान्य मान्छिन् । मनोरञ्जन संसार डटकमसँग कुरा गर्दै विनिताले भनिन्, ‘ब्वायफ्रेन्ड छ भन्ने अनि, सेक्स गरेकै छैन भन्नु वाहीयात् हो ।’ उनले सेक्सलाई प्रेमको चरम विन्दुका रुपमा लिएकी छन् ।
विनिताले खुलेरै आफ्नो ‘ब्वायफ्रेण्ड’ भएको बताइन् । ‘एक वर्षयता म प्याक छु’ विनिताले भनिन्, ‘तर नामचाहिँ नखुलौ होला ।’ उनले चलचित्र क्षेत्रकै व्यक्ति आफ्नो लभर ब्वाय भएको सुनाइन् । विनिता कुराकानीकै क्रममा खुल्दै गइन् । उनले पहिलो सेक्सको अनुभव शेयर गर्दै भनिन्, ‘पहिलोपटक सेक्स गर्दा कस्तो होला भन्ने डर र कौतुहलता लाग्यो तर सोचेभन्दा फरक रहेछ ।’ अहिले प्रेममा रहेपनि करिअर बनाएर मात्र बिहेबारे सोच्ने उनले बताइन् ।
करिब पाँच वर्षअघि फिल्म क्षेत्रमा प्रवेश गरेकी विनिताले ‘राहदानी’, ‘मतान’, ‘लभ इन क्राइम’, ‘नो टेन्सन’जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनीत फिल्म ‘राहदानी’ प्रदर्शनका लागि तयार छ भने अन्य प्राविधिक कार्य भइरहेको विनिताले बताइन् । विनिता ‘राहदानी’बाट आशावादी छिन् । उनी भन्छिन्, ‘अहिलेसम्म काम गरेका फिल्ममध्ये राहदानीबाट आशावादी छु ।’ तैपनि आफूले भनेजस्तो भूमिकामा अभिनय गर्न नपाएको उनको गुनासो छ । ‘मेरो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न पाएकी छैन’ विनिता भन्छिन्, ‘मलाई मसलेदार फिल्ममा अभिनय गर्ने इच्छा छ ।’ विनिता आफू अभिनीत फिल्महरु रिलिज भएपछि करिअर अगाडि बढ्ने अपेक्षामा छिन् । तर कहिले प्रदर्शन हुन्छ भन्ने ‘राहदानी’ बाहेका फिल्मको मिति तय भएको छैन ।
Binita-Ghimere-26

%d bloggers like this: