Sat. Apr 20th, 2024

काठमाडौं ५ माघ । चलचित्र ‘प्रोड्युसर’ युनिटलाई अहिले असारे चटारो झैं भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्रका निर्माता र निर्देशकलाई मात्र नभई कलाकारलाई समेत चटारोले छोएको छ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’ को निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । यो चलचित्र १७ माघबाट एकसाथ देशभरका सिनेमा हलबाट प्रदर्शन हुँदैछ ।
१७ माघ नजिकिँदै गर्दा चलचित्रको प्रचारलाई पनि तिव्र पारिएको छ । एक साताअघि मात्र पूर्वका धरान, झापालगायत विभिन्न स्थानमा प्रचारक कार्यक्रम गरि प्रस्तुतकर्ता ज्योतिराज, कलाकार विल्सनसवक्रम राईलगायतका टोली राजधानी फर्केका हुन् । अब केही दिनमा पोखरालगायत विभिन्न सहरमा प्रमोसन कार्यक्रम गर्न लागेको ज्यातिराजले बताए । यसअघि चलचित्रकी अभिनेत्री श्वेता भट्टराईले प्रमोसनमा साथ नदिएको भन्दै निर्माता÷निर्देशकले  गुनासो गरेका थिए तर त्यो गुनासो सुन्दै श्वेता चलचित्र प्रमोसनका लागि काठाडमौं आउने भएकी छन् ।

हाल अध्ययनका लागि भन्दै गृहनगर पोखरामै बस्दै आएकी श्वेता ‘प्रोड्युसर’ को प्रमोसनका लागि काठमाडौं आउने भएको ज्योतिराजले मनोरञ्जन संसारसँग बताए । उनले भने, ‘पोखराको कार्यक्रममा सहभागीपछि श्वेता काठमाडौं आउनेछिन् । त्यसपछि श्वेताले प्रमोसनमा साथ दिने भएकी छन् ।
नेपाली चलचित्र क्षेत्रकै विषयवस्तु चित्रण गरिएको ‘प्रोड्युसर’ को ज्योतिराजको महत्वकांक्षी चलचित्र हो । उनी ‘प्रोड्युसर’ बाट आशावादी पनि छन् । ‘चलचित्र प्रोड्युसर सोचेभन्दा राम्रो बनेको छ’ ज्योतिराजले भने, ‘त्यसैले दर्शकले रुचाउँने छन् भन्नेमा विश्वस्त छु ।’ चलचित्रमा श्याम अर्याल, श्वेता भट्टराई, बाबु बोगटी, विल्सनविक्रम राई, श्याम राईलगायतको मुख्य अभिनय छ ।

shweta1

‘प्रोड्युसर’ को एक आइटम गीतमा श्वेता र श्याम आचार्य ।

shweta

‘प्रोड्युसर’ मा श्वेता ।

%d bloggers like this: