Wed. Apr 24th, 2024

कसैलाई होच्याउनुप¥यो भने ‘गधा’ भन्ने गरिन्छ । तर, त्यही गधाको दूध लिटरको ३२ सय रुपैयाँमा बिक्री हुने गरेको तथ्यबारे थोरैलाई मात्रै थाहा हुन सक्छ । गधाको दूधमा पाइने पोषक पदार्थ अरू कुनै जनावरको दूधबाट पाउन सकिँदैन । त्यसै गरी, यति महँगो मूल्य तिर्नेले पनि गधाको दूध पाउन ठूलै कसरत गर्नुपर्छ ।
भारतीय राज्य आन्ध्र प्रदेशका घुमन्ते समूहका मानिसले मनग्गे गधा पाल्ने गरेका छन् । गधाको दूध महँगोमा बेचेर अहिले उनीहरु मालामाल भएका छन् । गधाको दूध नवजात शिशुको निम्ति अमृततुल्य रहेको विश्वास सो क्षेत्रमा रहेकाले गधाको दूधको व्यापारमा उनीहरु राम्रैसँग जमेका छन् ।
आन्ध्र प्रदेशको सिवाजिपालम शहरमा गधाको दूध बेच्ने आएकी जी लिंगमा नाम गरेकी युवतीलाई दूध खरिद गर्न इच्छुक मानिसले घेरेका छन् । ‘हामीले एक कप गधाको दूध दुई सय रुपैयाँमा बेच्ने गर्छौं । एक लिटर खरिद गर्न चाहनेले भने दुई हजार भारु तिरे पुग्छ,’ उनले भनिन् । घुम्ने क्रममा सिवाजिपालमछेउ आइपुगेका र यहाँ गधाको दूधको माग राम्रो भएको थाहा पाएर आफ्नो समूदायका मानिस मक्ख परेको उनी बताउँछिन् ।

%d bloggers like this: