Wed. Apr 24th, 2024

काठमाडौं, २३ पुस । चलचित्र ‘रफ्तार’ को छायांकन सुरु भएको सातादिन मात्र बित्दैछ तर यस चलचित्रका अभिनय गरिरहेका तीन कलाकारले सुटिङ फ्लोरमै जन्मदिन मनाएका छन् । ‘रफ्तार’ को छायांकनसँगै नायिका सविना कार्की र चलचित्रका निर्माता अनिल महर्जनले केहीदिन पहिले फ्लोरमै जन्मदिन मनाएका थिए । त्यस्तै चलचित्रका नायक सुमन थापाले सोमबार आफ्नो २१ औ जन्मदिन ‘रफ्तार’ को सुटिङ क्रियुसँगै फ्लोरमै मनाए ।
समिर बलामीले निर्देशन गरिहेको यस चलचित्रमा सुमन थापा, प्रमोद खड्का, सुरबी जैन, सबिना कार्की, सोनिया जी आरका साथै संचारकर्मी प्रणप सुबेदीको मुख्य अभिनय रहने छ । चलचित्र  ‘रफ्तार’ ५० प्रतिशत छायांकन सकिएको बताइएको छ ।

%d bloggers like this: