Thu. Mar 28th, 2024

मुम्बई, २३ पुस (एजेन्सी) । आमिर खान अभिनीत पछिल्लो ‘धुम–३’ बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म दरिएको छ । दुई सताअघि रिलिज भएको यस फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्दै ५ सय करोड रुपैयाँ कमाएको छ ।
यस फिल्मले भारतमा मात्र ३ सय ५१ दशमलव २९ करोड रुपैयाँ कमाएको छ, जबकि यस फिल्मले अन्तर्राष्ट्रिय बजारमा १ सय ५० दशमलव ६ करोड रुपैयाँ कमाएको छ । ‘धुम–३’ले ५ सय करोड रुपैयाँ कमाएर सबैभन्दा बढी कमाउने फिल्म दरिएको यश राज फिल्म्सले घोषणा गरेको हो ।
स्मरणीय कुरा के छ भने ‘धुम–३’ले नेपालमा समेत ६ करोड कमाएको छ । नेपाली बजारमा अहिलेसम्मकै यो सबैभन्दा धेरै कमाइ हो । अब यो फिल्म जर्मनी, पेरु, रोमानिया, जापान, रुस र तुर्कीमा पनि रिलिज हुँदैछ । यसअघि बलिउड फिल्म समीक्षकले ‘धुम’ सीरीजलाई जबरजस्त हिट बनाउन खोजिएको बताएका थिए तर, आमिर खानले अन्ततः ‘धुम–३’ बाट दुनियाँभर धुम मच्याउन सफल भएका छन् ।

%d bloggers like this: