Fri. Apr 19th, 2024

काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’ २३ फागुनबाट एकसाथ अलनेपाल प्रदर्शनमा आउँदैछ तर ‘तोरी लाहुरे’ युनिट भने अहिल्यैदेखि प्रचारमा जुटेका छन् । चलचित्र प्रचार–प्रसारकै क्रममा रहेका निर्माता तामाङले भने, ‘चलचित्र समग्र बेरोजगार नेपाली युवाका लागि हो ।’
नेपालको थुप्रै समस्यामध्ये बेरोजगार पनि हो । रोजगारीको सिलसिलामा दिनदिनै सयौं युवा विदेसिरहेका छन् । ‘तोरी लाहुरे’ बन्नुको श्रेय तिनै विदेसिने युवालाई जान्छ । कुनै समय निर्माता तामाङ सयंम रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । तामाङ भन्छन्, ‘सायद त्यो समयमा साउदी नगएको भए चलचित्र तोरी लाहुरे बन्ने थिएन ।’
हो, चलचित्र ‘तोरी लाहुरे’ निर्माता तामाङकै एउटा भोगाई हो, तर उनले भोगेका र देखेका बेरोजगार पीडा लाखौ नेपालीले बेहोरिरहेका छन् । उनी भन्छन्, ‘कथा मेरै हो भए पनि सबै बेरोजगार नेपाली युवालाई समेट्छ । म एक पात्रका रुपमा प्रस्तुत भएको हँु ।’ चलचित्रको शीर्षक गजबकै जुराएको उनको ठहर छ ताकि, बेरोजगार युवालाई नेपाली समाजमा ‘तारी लाहुरे’ भन्ने गरिन्छ । ‘बेरोजगारकै कथाब्याथा भएकाले शीर्षक तोरी लाहुरे राखेका हौं’, उनले भने, ‘युनिटका सबै सदस्यसँग छलफल गरेरै चलचित्रको नाम तोरी लाहुरे जुराइएको हो ।’
निर्माता तामाङ ‘तोरी लाहुरे’ बाट आशावादी छन् । उनले पहिलोपटक चलचित्रमा लगानी गरेको सुनाउँदै भने, ‘चलचित्रमा मेरो पहिलो लागनी भए पनि समाजलाई मार्गदर्शन गर्ने विषयमा लगानी गरेको छु । चलचित्रले दर्शकको मन छन्छ भन्नेमा आशावादी छु ।’ स्मरणीय कुरा त के छ भने ‘तोरी लाहुरे’ को कथाको मुलमर्ममा निर्माता तामाङले अभिनय गरेका छन् । उनी चलचित्रमा ‘भाञ्जाबाबु’ को भूमिकामा देखिँदैछन् । ‘मेरो अभिनय गर्ने खाशै रुचि होइन’ उनले भने, ‘तर चलचित्रको विषयवस्तुपरक मैले अभिनय गरेको हुँ ।’
चलचित्र ‘तोरी लाहुरे’ ले विदेश जानुभन्दा अगाडि जान्नुपर्ने आवश्यक ज्ञानको सन्देश प्रवाह गर्ने दावी गर्दै तामाङले भने, ‘विदेश जाने सिलसिलमा दलालको पञ्जामा परेर दिनदिनै युवा फसिरहेका छन् । यस अवस्थामा सजकता अपनाउन तोरी लाहुरेमार्फत सन्देश  दिन खाजेको हुँ ।’ चलचित्रको निर्देशन एनबी महर्जनले गरेका हुन् ।

%d bloggers like this: