Thu. Apr 25th, 2024

लस एन्जलस, १२ पुस (एजेन्सी) । अमेरिकी २६ वर्षीया गायिका तथा गीतकार केशा पियानो बजाउँदा न्युड हुनेगर्छिन् । ¥यापरसमेत रहेकी केशा आफैले पियानोको धुनमा मस्त हुँदा ‘न्युड’ हुने खुलासा गरेकी हुन् । उनले भनिन्, ‘म पियानो बजाउँदा न्युड हुन्छु र वक्षबाट संगीतको सुर निकाल्छु ।’
केशाले अँधेरी रातको सन्नाटामा पियानो बजाएर नयाँ संगीत सिर्जना गर्ने बताएकी छन् । ‘जब नयाँ गीत लेख्ने सोच बनाउँछु तब अँधेरी रातमा पियानो बजाउँछु ।’
लस एन्जलसमा जन्मिएकी केशाले यसो पनि भनेकी छन्, ‘रातमा बत्ती निभाएर नग्न हुन्छु र पियानोले बक्षस्थललाई टच गर्छु । सायद यो मेरो पागलपन हुनसक्छ ।’ केशाले आफू जन्मिदा पुच्छर भएको र पछि डाक्टरले सर्जरी गरेर हटाएको पनि बताएकी छन् । उनले भनेकी छन्, ‘जन्मिदै अनौठो थिएँ, जन्मिदा मेरो पुच्छर थियो पछि सर्जरी गरेर हटाइएको हो । अहिले पनि मेरो बानी अनौठो छ ।’

%d bloggers like this: