Thu. Mar 28th, 2024

अविवाहित अभिनेत्री रेखा थापाले चार सन्तान पाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रम गरी आफू चार सन्तानकी ‘आमा’ भएको औपचारिक जानकारी दिएकी हुन् । सामाजिक सेवा गर्ने अभिप्रायले रेखा थापाद्वारा स्थापना गरिएको रेखा थापा फाउन्डेसनमार्फत चार जना राउटे बालबालिकालाई हुर्काउने र पढाउने जिम्मेवारी लिएको जानकारी दिएकी हुन् ।
बाह्र वर्षसम्म फिल्म क्षेत्रबाट प्राप्त गरेको आर्थिक तथा सामाजिक हैसियतलाई समाजसेवामा समर्पित गर्नका लागि उक्त फाउन्डेसनको सथपना गरेको अभिनेत्री थापाले बताइन् । केही दिनअघि मात्रै अल्पसंख्यक राउटे वस्तिमा पुगेर चामल वितरण गरेकी उनले त्यही बेला चार बालबालिकालाई स“गै ल्याएकी थिइन् । लक्ष्मी राउटे, मनु राउटे, रुपु राउटे र भत्तु राउटेलाई रेखाले उच्च शिक्षा अध्ययनका लागि सघाउनेछिन् ।
उनलाई यस कार्यलाई हौसला दिन नेपाल राउटे विकास संघका केन्द्रीइ अध्यक्ष दानबहादुर राउटे पनि उपस्थित भएका थिए । उनले कार्यक्रम बोल्दै भने, ‘रेखा थापाले गरेको यो कार्य सह्रानीय छ । म पनि यो फाउन्डेनमा भोलेन्टिएरका रुपमा काम गर्नेछु ।’ त्यसैगरी राउट वस्तिबाट शीव राउटे उनलाई शुभकामना दिन आएका थिए । उनले आफ्नै बोलीमा भने, ‘रेखा थापाले अस्ति चामल बाँडिन्, अहिलेसम्म खाइरहेका छौं, माघी नजिकिदैछ अरु सहयोग पनि हुने आशा छ ।’
रेखा थापा फाउन्डेनले यही अवसरमा कतारमा मृत्यु भएका फर्केका गणेश विकका आमावुवालाई ५० हजार नगद पनि सहयोग गरेकी थिइन् । कमाउने सपना बोकेर कतार गएका गणेशको जानेबित्तिकै मृत्यु भएको थियो ।rekha 1

%d bloggers like this: