Thu. Apr 25th, 2024

काठमाडौं, १२ पुस ।  चर्चिच पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्धविच्छेद भएको छ । छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धिरजले हिमालखबरलाई बताएका छन् । विचार नमिलेका आफूहरु छुट्टिएको धिरजको भनाइ छ । छुल्ठिम म्युजिक भिडियो र चलचित्रका नायिका समेत हुन् । उनी पछिल्लो समय ‘नोभेम्बर रेन’ मा अभिनय गरेकी छन् । एक दशकअघि छुल्ठिम धिरजकी फ्यान थिइन् । उनीहरुको मन मिलेपछि बिहे गरेका थिए । धिरजे छुल्ठिमसँग सम्बन्धविच्छेद गरेको स्वीकारेका छन् । ‘हामी छुटिएको सही हो’ उनले भनेका छन्, ‘हाम्रो सम्बन्ध ३ वर्ष यतादेखि नै राम्रो थिएन ।’

%d bloggers like this: