Tue. Apr 23rd, 2024

 विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीले जानकारी गराएका हुन् ।
म्यूजिक क्षेत्रको एक मात्र अनलाई पत्रिकाका रुपमा संचालित हुँदै आएको म्यूजिक खबर डटकमले आयोजना गरेको म्यूजिक खबर म्यूजिक अवार्डमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लोक, आधुनिक, पप, चलचित्र लगायतका विधाहरु समावेश गरिएको छ । विभिन्न ३२ विधामा गत वर्ष अवार्ड प्रदान गरिएको यस म्यूजिक खबर म्यूजिक अवार्डमा यस वर्ष पनि आगामी बैशाखमा अवार्ड सम्पन्न गरिने आयोजक संस्था शुभकामना मिडिया सोलुसनले जनाएको छ । अवार्डमा सहभागी हुने स्रष्टा र सिर्जनाका लागि अवार्डमा सहभागी हुन आगामी माघ मसान्तसम्म आवेदन खुला रहनेछ । आवेदनका लागि म्यूजिक खबरको कार्यालय पुतलीसडकमा ९८५१००७४३० र ९८४१७१०७५१ मा सम्पर्क गरी अवार्डमा सहभागी हुन सक्नुहुनेछ ।

%d bloggers like this: