Fri. Apr 26th, 2024

चार्म र ब्रिटानी बाबुका प्रिय छोरी हुन् । उनीहरूले प्लास्टिक सर्जन पिताबाट स्तनको सर्जरी गराएका छन् ।
ब्रिटानी २५ वर्षकी भइन् । उनले आफ्नो १८ औँ जन्मदिवसमा पिताका हातबाट स्तन सर्जरी गराएकी थिइन् । त्यसको तीन वर्षपछि उनले प्लास्टिक सर्जरीमार्फत नयाँ नाक पाइन् ।
दश वर्षकै उमेरमा आफ्नो बाबुबाट चक्कु चलाइमागेकी थिइन् चार्मले । उनको भद्दा नाइटोलाई सुन्दर बनाइएको थियो । गएको महिनामात्रै उनले सर्जरीमार्फत स्तन आकर्षक बनाएकी थिइन् ।
यी दिदीबहिनी लस एन्जलस शहरको बाहिरी क्षेत्रमा पर्ने ओरेन्ज काउन्टीका बासिन्दा हुन् । ओरेन्ज काउन्टी कहिलिएको फेशनेबल ठाउँ हो । चार्म र ब्रिटानी आफ्ना प्रसिद्ध बाबु डा. माइकल निकोलका हिँड्दाडुल्दा विज्ञापन भएका छन् । यी ग्ल्यामरस दिदीबहिनीले साथीहरूलाई आफ्ना बाबुबाट प्लास्टिक सर्जरी गराउन सुझाव पनि दिने गरेका छन् ।
मार्केटिक म्यानेजर चार्म भन्छिन्, ‘मेरा बाबु आफ्नो काममा निपुण छन् । हाम्रो ठाउँमा प्लास्टिक सर्जरी गराउनु सामान्य कुरा हो । मेरा स्तन प्लास्टिक सर्जरीपछि सुन्दर देखिएका छन् ।
चार्म र ब्रिटानी बाउको क्लिनिक ‘कस्मेटिकेयर प्लास्टिक सर्जरी सेन्टर एन्ड मेड स्पा’मा अनुहारको चाउरीपन हटाउन नियमित केही न केही प्रयोग गरिरहेका हुन्छन् । चार्म भन्छिन्, ‘हरेक दुई महिनामा हामी आफ्ना छालामा केही न केही गरिरहेका हुन्छौँ ।’
उनीहरूलाई माइकल र उनकी पत्नी पेनीले २५ वर्षअघि धर्मपुत्री बनाएका थिए । कस्मेटिक सर्जरीमार्फत आफ्ना रूप परिवर्तन गर्ने निर्णय गरेपछि उनीहरू आलोचित पनि भएका छन् ।

मेकअप आर्टिस्ट ब्रिटानी भन्छिन्, ‘मेरा स्तन समतल थिए । प्लास्टिक सर्जरीमार्फत तिनलाई पुनः आकार दिएपछि अहिले सुन्दर र पर्फेक्ट देखिन्छन् ।’
केही मानिसले उनीहरूलाई आफ्नै बाउबाट स्तनको प्लास्टिक सर्जरी गराउन अप्ठ्यारो हुँदैन भनेर सोध्ने गरेका छन् । ‘केहीले मलाई ‘बाउले तिम्रा छाती हेर्दा तिमीलाई असहज लाग्दैन ?’ भनेर सोध्ने गरेका छन्,’ ब्रिटानीले भनिन्, ‘मैले किन असहज मान्नु ? म बच्चा हुँदा मेरा बाउले मेरो छाती नदेखेका हुन् र ? अर्काे कुरा मेरा बाउ वर्षमा हजारौँ स्तन हेर्छन् । उनका लागि स्तन भनेको सामान्य चिज हो, कलमजस्तै ।’
पिताको कामको सद्भावना दूतजस्ता यी दिदीबहिनीका कारण थुप्रै जवान महिला कस्मेटिक कार्यका लागि माइकलकहाँ पुग्ने गरेका छन् ।
‘मेरा लगभग सबै साथीले मेरा बाउबाट कस्मेटिक काम गराएका छन्,’ चार्मले भनिन्, ‘मलाई ‘तिमी डा. निकोलकी छोरी होइनौ ? मलाई पनि तिम्रा बुवाबाट कस्मेटिक काम गराउनुछ, सहयोग गर न’ भन्ने फेसबुके साथीहरू टन्नै छन् । म उनीहरूबारे बुवालाई जानकारी दिन्छु । यो हाम्रो पारिवारिक व्यापार हो ।’
आफ्ना दुई छोरीका परिष्कृत रूपरंग व्यापारका लागि फाइदाजनक भएको माइकल अस्वीकार गर्दैनन् । ‘अठार वर्षकी छोरीको स्तन बढाउने अपरेसन गरेकामा मलाई आलोचना गर्ने मानिस नभएका होइनन् । मैले सर्जरी गर्न थालेको ३० वर्ष भइसक्यो । आफ्ना छोरीहरूको ख्याल मैले जति अरू कुन डाक्टरले गर्न सक्छ ?’

%d bloggers like this: