Thu. Mar 28th, 2024

मुम्बई, ११ पुस (एजेन्सी) । आमिर खान अभिनीत फिल्म ‘धुम–३’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । गएको शुक्रबार रिलिज भएको यस फिल्मले पाँचौ दिनमा २ सय ३३ करोड रुपैयाँको कारोबार गरेको छ । बलिउडका चर्चित समीक्षक तरण आर्दशका अनुसार ‘धुम–३’ ले शुक्रबारदेखि बुधबारसम्ममा भारतमा मात्र १ सय ७४ दशमलव ९७ करोडको कारोबार ग¥यो । विश्वभरको कारोबारको कुरा गर्ने हो भने मंगलबारसम्ममा २ सय करोड भन्दा बढीको व्यापार गरेको छ । मंगलबारसम्ममा २ सय ३३ दशमलव ५७ करोडको कारोबार गरेको छ । ‘धुम–३’ले भारतलगायत विदेशमा पनि धुम मच्याइरहेको छ । पाकिस्तान र अमेरिकामा पनि ओपनिङ विकेन्ड कलेक्शनमा नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकामा पहिलो दिनमै ३ लाख ८० हजार अमेरिकी डलरको कारोबार भएको थियो । यसअघि सबैभन्दा बढी ‘चेननई एक्सप्रेस’ ले २ लाख २ लाख ४१ हजार डलर बराबरीको कारोबार गरेको थियो । ‘धुम–३’ भारतको सबैभन्दा बढी हलमा लागेको छ । यो फिल्म करिब ४५ सय पर्दामा प्रदर्शन भइरहेको छ ।

%d bloggers like this: