Sat. Apr 20th, 2024

काठमाडौं, ११ पुस । यस वर्षको ‘मिस ई–कलेज’ को उपाधी सेन्ट जेभियर्स कलेजकी छात्रा प्रज्ञा लामिछानेको पोल्टामा गएको छ । उनले शीर्ष उपाधिसहित मिस ट्यालेन्ट र फेसबुक मल्टिमिडिया पनि हात पारिन् । प्रज्ञाले स्कुटर तथा नगद एक लाख बराबरको छात्रवृत्ति पाएकी छन् ।
सिजन मिडियाद्वारा बुधबार साँझ राजधानीमा आयोजित प्रतियोगिताको यस चौथौं संस्करणमा सिपीएस कलेजकी छात्रा निशा पोखरेल फस्ट रनरअप  र ललितपुर भ्याली कलेजकी पार्वती श्रेष्ठ सेकेण्ड रनरअप घोषित भएका छन् । निशा र पार्वतीले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाए ।
प्रतियोगितामा मिस ब्युटिफुल आई  शितल कार्की, बेष्ट ड्रेस गायत्री खत्री, अर्गनाइजर च्वाइस नम्रता बलामी, भ्युअर च्वाईस अनिता श्रेष्ठ, व्यटिफुल हेयर अनिता लामा, बेस्ट क्याटवाक इरिना केसी र मिस पर्सनालिटी श्रेया श्रेष्ठ भए । त्यस्तै मिस डिस्पिलिन मिना बास्कोटा र ब्युटिफुल स्माइलको उपाधि शृंंखला जोशीले जितेका छन् ।

%d bloggers like this: