Fri. Apr 26th, 2024

लुधियाना, (एजेन्सी) । चर्चित पंजाबी गायक नछत्तर गिललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालती बयानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गायक गिलमाथि दुष्कर्मका शिकार भएकी युवतीको अश्लील भिडियोबारे सोधपुछ भइरहेको जनाइएको छ । गायक गिलविरुद्ध यो सबैभन्दा ठूलो प्रमाण मानिएको छ ।
समाचारमा जनाइएअनुसार प्रहरीले गिल र पीडित युवतीले कुराकानी गरेको एक पेन ड्राइभ बरामद गरेको छ । उता गिलको गिरफ्तारीपछि मंगलवार राति पीडितको लुधियानास्थित घरका परिवारलाई अज्ञात व्यक्तिले धम्की दिएको जनाएको छ । उक्त काण्डमा प्रहरीले अन्य आरोपित चरणजीतसिंह चन्नी र जसदीप सोहीलाई पनि गिरफ्तार गरेको छ भने राजा नामक अर्को आरोपी फरार रहेको बताइएको छ ।
चर्चित पंजाबी गायक गिलले सन् २००६ मा जालन्धरमा भएको ‘मिस वल्र्ड पंजाब’ प्रतियोगितामा सहभागी हुन आएकी लुधियानाकी प्रतियोगीलाई आफ्नो जालमा पारि फसाएको आरोप लागेको छ । त्यतिखेर फिल्लौरको एक होटलमा कोल्ड ड्रिकमा नशालु पर्दाथ हालि ती युवतीलाई पिलाएर अश्लील भिडियो र तस्बिर खिचेर ब्ल्याकमेलिङ गरी विभिन्न होटलमा बोलाएर दुष्कर्म गरेको आरोप गिलमाथि लागेको छ ।
मंगलबार गिरफ्तार गरिएका गायक गिलाई बुधवार अदालत पेश गरिएको थाना पीएयुका प्रहरी किरण ज्योतिले बताएका छन् । उनलाई सरकारी वकिलले पेन ड्राइभ र अन्य प्रमाणबारे सोधपुछ गरेको छ । गिलले भने आफूलाई जबरजस्त फसाउन खोजिएको अदालतलाई बयान दिएका छन् । उन्मुक्तिका लागि गायक गिलले कुनै वकिल राखेका छैनन् । अहिलेसम्म गिललाई अदालतले दुईपटक सोधपुछ गरिसकेको छ तर कुनै जवाफ नदिएको जनाएको छ । पीडितका परिवारले डरका कारण  केही बताउन सकिरहेका छैनन् तर, थाना प्रमुख गुरवीर सिंहले भिडियो क्लिप्सबारे सोधपुछ भइरहेको र प्रमाणित भएमा गिलमाथि कारबाही हुने बताएका छन् ।

%d bloggers like this: