Fri. Mar 29th, 2024

काठमाडौं, ११ पुस ।  ब्लु डायमण्ड स्टार एफएम म्यूजिक अवार्ड–२०७० का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । स्टार एफएमले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उत्कृष्ट पाँचको घोषणा गरेको हो ।
२४ विधामा वितरण गर्न लागिएको अवार्ड स्टार एफएमको १० औं वर्षगाँठका अवसरमा २० माघमा प्रदान गरिने एफएमका कार्यकारी अध्यक्ष प्रदीपकुमार उदयले बताए । उनले गीतसंगीत Ôेत्रका श्रष्टालाई सम्मान गर्न अवार्ड आयोजना गर्न लागेको बताए ।
०६९ साल बैसाखदेखि २०७० असार मसान्तभित्र सार्वजनिक भएका गीतसंगीतलाई अवार्डमा समेटिएको छ । यस अवार्डमा विभिन्न विधाका लागि उत्साहजनक सहभागिता रहेको  एफएमले जनाएको छ । राष्ट्रिय भावना, लोकगीत दोहोरी, सुगम संगीत, चलचित्र गीत तथा विभिन्न कलाकार तथा प्राविधिकलाई समेटेर अवार्ड प्रदान गर्न लागेको अध्यÔ उदयको भनाइ छ । कार्यक्रममा एक जना श्रष्टालाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिने जनाइएको छ तर नाम सार्वजनिक गरिएको छैन ।

%d bloggers like this: