Sat. Apr 20th, 2024

बलिउड फिल्म ‘धुम–३’ को त्रास नेपाली चलचित्रकर्मीलाई भएकै हो त ? आमिर खान अभिनीत ‘धुम–३’ नेपालमा सिंगल रिजिल भएपछि चलचित्रकर्मबाटै यस्तो आँकलन गरियो । हरेक शुक्रबार दुईदेखि चार वटासम्म एकैसाथ नेपाली चलचित्र प्रदर्शन हुने सिनेमा हलमा गएको शुक्रबार एउटै लागेन ।, र आउँदो शुक्रबार छैन नेपली चलचित्र । धन्न १९ पुसमा ‘त्रास’ लाग्दैछ । हास्य कलाकार तथा गायक प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’ १९ पुसमा सोलो रिलिज हुन लागेको हो । २६ पुसमा भने ‘पराई’, ‘वितेका पल’ लगायत चारवटा नेपाली चलचित्र भिँड्दैछन् ।
निर्देशक ओझाले कमेडी थ्रिलर मुभीका रुपमा त्रास बजारमा ल्याएका हुन् । सो चलचित्रमा निराजन लुइँटेलले नायकमा डेव्यु गरेका छन् । निराजन अभिनेता जीवन लुइँटेलका भाई हुन् । उक्त चलचित्रमा निराजनसँगै अयुब केसी, अनु शाह, रिया श्रेष्ठ, प्रकाश सुव्वा, सोनु जयन्ती, तिर्थ याक्सोलगायतले अभिनय गरेका छन् ।
हाँस्य टेलिसिरियल निर्देशन गरेका ओझाद्वारा निर्देशित यो पहिलो ठूलोपर्दाको चलचित्र हो । चलचित्रमा उनी कलाकारका रुपमा भने देखिएका छैनन् । ‘कमेडी र एक्सनको मिक्स गरिएको छ, दर्शकलाई नयाँ होइन, फरक स्वाद दिने प्रयत्न गरेको छु ।’ ओझाले भने,  ‘राजधानीलगायत बाहिरका सिनेमा घरहरुमा एकैसाथ चलाउने प्रयत्न गरिएको छ ।’

%d bloggers like this: