Sat. Oct 26th, 2024
अवार्ड जित्न सफल’ तिमी भयौ बुढी पिपल’ गीत लेखेर सर्बाधिक चर्चा कमाएका देवेन गिरीले आफ्नो ‘द पैन एंड देवेन’ गीति संग्रहको समिक्षा गर्दै सोहि एल्बमको दोश्रो गीत ‘जुठिएको सिउदो’को भिडीयो बिमोचन गरेका छन। आफ्नै मनांग होटेल ठमेलमा बुधबार साझ आयोजित बिशेष कार्यकमका बीच कलाकार र संचारकर्मीहरुको जोडीको उपस्थितिमा सौभाग्यको चिनो वितरण गर्दै नया तरिका बाट देवेनले आफ्नो दोश्रो गीतको भिडियो सार्बजनिक गरेका हुन।
जुठिएको सिउदोलाइ स्वरुपराज आचार्यले गायका हुन् भने संगीत सुरेश अधिकारीको छ। भिडियोलाइ आलोक नेम्वांगले निर्देशन गरेका छन। कार्यक्रममा शम्भुजित बास्कोटा, सुरेश अधिकारी, शिशिर योगी, सत्य-स्वरुप, नरेश भट्टराई, प्रसन्न पौड्याल, बिदुर पाण्डे लगाएतको साथ् साथै उपस्थित सबै अथितिहरुको जिबन संगीनिको समेत सहभागिaता थियो ,कार्यक्रम निकै रोचक एबम भब्य भएको थियो । सबैले देवेन गिरीको रचानाकलाको तारिफ गरेका थिए ।