Wed. Apr 24th, 2024

बलिउड अभिनेत्री करिना कपुर केही दिनमै पाकिस्तानमा छाउने भएकी छन् । टेलिभिजनदेखि होडिङ बोर्डसम्म करिनै करिना हुनेछ । पाकिस्तानकै सबैभन्दा ठूलो मोबाइल ब्राण्ड ‘क्यु मोबाइल’ को ब्राण्ड एम्बेसडरका लागि उनी अनुबन्धित भएकी छन् । सो मोबाइल कम्पनीले आफ्नो ब्राण्ड प्रमोट गर्न करिनाका लागि प्रसस्त रकम खर्चेको बताइएको छ ।
समाचारमा जनाएअनुसार पहिलो चरणको विज्ञापनको सुटिङ भइसकेको छ । विज्ञापनको सुटिङ थाइल्याण्डमा गरिएको छ । साथै यो पाकिस्तानका लागि अहिलेसम्मकै महँगो विज्ञापन भएको समेत बतान्छ तर ‘क्यु मोबाइल’ को मार्केटिङ प्रमुख जिशान कुरैशीले भनेका छन्, ‘पाकिस्तानकै महँगो विज्ञापन त होइन तर मोबाइल सेक्टरका लागि भने सबैभन्दा महँगो विज्ञापन पक्कै हो ।’
मोेबाइलको ब्राण्ड एम्बेसडरका लागि करिना कसरी चुनिए ? भन्ने सन्दर्भमा कुरैशीले भने, ‘उनी एक ठूलो स्टार हुन् । करिनाको पाकिस्तानमा धेरै प्रशंसक छन् । त्यसैले चुनेका हौं ।’

%d bloggers like this: