Fri. Mar 29th, 2024

निर्देशक शिव रेग्मीको १३ औं पुण्यतिथिको अवसरमा शनिबार राजधानीबाट विभिन्न कलाकार उनको गृहनगर चितवनस्थित बाह्रधरे पुगे । गत २४ मंसिरमा निधन भएका स्वर्गीय रेग्मीप्रति उनीहरुले भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका छन् । साथै, पुण्यतिथिकै अवसरमा शिव रेग्मीको नाममा ‘शिव रेग्मी ट्रष्ट’ स्थापना गरिएको छ ।
रेग्मीको पुण्यतिथि कार्यक्रममा सहभागी हुन चितवन पुगेका निर्माता तथा अभिनेता गोविन्द शाहीले आफ्नो प्रदशोन्मुख चलचित्र ‘पराई’ को पहिलो दिनको व्यापारबाट १५ प्रतिशत रकम रेग्मीका नाममा छुट्याउने घाोषणा गरेका छन् । स्वर्गीय रेग्मी निर्देशित ‘पराई’ २६ पुसबाट एकसाथ देशभरबाट प्रदर्शनमा आउँदैछ ।
निर्माता शाहीले भने, ‘पराईको देशभरको पहिलो दिनको शोबाट उठेको रकममध्ये १५ प्रतिशत शिव रेग्मीको नाममा सहयोग गर्ने भएको छु ।’ उनका अनुसार उक्त १५ प्रतिशतको आधा रकम सिधै रेग्मीका परिवारलाई प्रदान गरिने छ भने आधा शिव रेग्मी ट्रष्टमा जम्मा गरिने छ । ‘पराई’ निर्माता तथा अभिनेता गोविन्दले आफ्नो महत्वकांक्षी चलचित्रका रुपमा लिएका छन् । चलचित्रमा शाहीका आलवा निरज बराल, गरिमा पन्त, नन्दिता केसीलगायतका कलाकारको मुख्य अभिनय छ ।

%d bloggers like this: