Sat. Oct 26th, 2024

पुसको चिसो मौसमलाई समेत चुनौती दिँदै विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताले राजधानी गर्माउन थालेको छ । विभिन्न शीर्षकमा सौन्दर्य प्रतियोगिता गर्ने लहर बढिरहेकै बेला अमेजन इन्टरटेन्मेन्टले विवाहित महिलालाई लक्षित गरी ‘मिसेस हिमालयन नेपाल–२०१४’ नाम दिएर सौन्दर्य प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगिताको अडिसनबाट छनोट भएका १५ जना फाइनलिष्टहरु अहिले विभिन्न व्यक्तित्य विकाससम्बन्धी प्रशिक्षण गरिहेका छन् । करिब एक महिनाको प्रशिक्षणपछि उनीहरु अन्तिम स्पर्धामा उत्रने छन् । ती १५ जना मिससे सुन्धारास्थित सिटिसी मलमा महिला व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच, स्टेजका प्रस्तुती, फोटोसुटलगायतका विषयमा प्रशिक्षण गरिहेका छन् । उनीहरुलाई विविध सामाजिक व्यक्तित्वसँग साक्षात्कार समेत गराइने आयोजकले जनाएको छ । अनिता गुरुङ, पुनम पोखरेल, सुनिता सुनुवार, रमिता मगर, पूर्णी चन्द, अस्मिता प्रधान, जमुना श्रेष्ठ, श्यामा कार्की, रेनुका बज्राचार्य, रेखा थापा मगर, लक्ष्मी सिंह ठकुरी, विनिता लामा, इच्छा शाही केसीलगायतका मिसेस सुन्दरीहरु अहिले ताज जित्ने दौडमा छन्  ।
हिमानी सुब्बाको कोरीयोग्राफी रहने सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा २६ पुसमा राष्ट्रिय नाचघर जमलमा हुनेछ । लक्ष्मी थापाको संयोजत्व रहेको ‘मिसेस हिमालयन नेपाल’ले महिलाहरुको आन्तरिक तथा वाह््य क्षमतामा अभिवृद्धि गराई महिला सबलिकरणमा टेवा पु¥याउने आयोजक दावी छ ।