Sat. Apr 20th, 2024

नियाँ जसलाई फुटबल खेल भन्छ, अमेरिका त्यसलाई ‘सकर’ भन्छ । अमेरिकन फुटबल छुट्टै हुन्छ । अण्डाकार बल प्रयोग गरेर हेल्मेट लगाएका खेलाडीहरूले भिडन्त गरेर खेल्ने खेल हो यो । यसका खेलाडी शारीरिक रूपमा हेर्दै पहलवान् हुन्छन् । यो खेल अमेरिकामा अत्यन्त लोकप्रिय छ । यही लोकप्रिय खेलले भुइँचालो ल्याइदिएको छ । ‘मान्छेले पनि कहीँ भुइँचालो ल्याउन सक्छ ? यो त प्राकृतिक विपत्ति पो हो त’ भन्नुहोला । तर, यो सत्य हो । त्यसैले त भन्छन् नि, संसार उदेकलाग्दो छ ।
कुरा अमेरिकी शहर सियाटलको हो । अघिल्लो सोमवार त्यहाँ ‘सियाटल सिहक्स’ र ‘न्यू ओर्लिन्स सेन्ट्स’ क्लबबीच खेल भइरहेको थियो । ‘सेन्च्युरी लिंक फिल्ड’ रंगशाला दर्शकले खचाखच भरिएको थियो । सियाटल सिहक्सले प्रतिद्वन्द्वीमाथि शानदार जीत हासिल ग¥यो । खेल सकिनेबित्तिकै विजेता क्लबका समर्थकहरू खुशीले यति जोडले उफ्रिए कि जमिन कम्पायमान भयो । जीतको उत्सव मनाउने धुनमा उनीहरूले भुइँचालो ल्याइदिए । सीएनएनका अनुसार प्यासिफिक नर्थवेस्ट सिस्मिक नेटवर्कले जमिनमा कम्पन पत्ता लगाएको थियो । नेटवर्कका निर्देशक जोन भिडेलले नेटवर्कका कर्मचारीले पाँच वटा भूकम्पीय कम्पन अभिलेखित गरेको बताए । यी झट्का साह्रै साना थिए, तर ती भूकम्प मापन प्रणालीले पत्ता पाउने खालका थिए ।
समर्थकहरूको हर्षाेत्सवले सियाटलको जमिन कम्पित भएको यो पहिलो चोटि भने होइन । सन् २०११ मा अमेरिकन फुटबल समर्थकहरूले यहाँ भूकम्पीय कम्पन पैदा गरिदिएका थिए ।

%d bloggers like this: