Tue. Apr 23rd, 2024

फिल्म ‘ढुवानी’ हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे । धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि । एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म क्षेत्रमा भविष्य उज्ज्वल देखिएको धेरैले प्रतिक्रिया दिए । तर, फिल्म ‘ढुवानी’ पछि कुनै फिल्ममा देखिइनन् । सगुनलाई भने त्यस्तो सरल युवतीको भूमिका खास मन नपर्ने रहेछ । उनलाई त ‘सेक्सी’ फिल्म खेल्ने पो सोख रहेछ । नेपाली फिल्म बजारमा सबैभन्दा ‘सेक्सी’ (छाडा भन्दा पनि फरक पर्दैन) फिल्म निर्देशकको परिचय राजु गिरीले बनाएका छन् । सगुनले सामाजिक सञ्जालमा स्ट्याटसै लेखिदिइन्, ‘मलाई तपाईं (राजु गिरी) को फिल्म मन पर्छ, चान्स दिनुहोला ।’ उनको यो तरिकाले जनाउँछ, निर्देशकले हिरोइन नंग्याउने होइन रहेछ । आफैँ नांगिन खोज्दै आइपुग्ने रहेछन् ।

%d bloggers like this: