Thu. Mar 28th, 2024

बलिउड अभिनेत्री कट्रिना कैफले रणवीर कपुरसँगको आफ्नो सम्बन्धमा छुरा चलाएकी छन् । कट्रिनाले आफूलाई रणवीरले कहिल्यै बिहेका लागि प्रस्ताव नराखेको भन्दै चोखिने प्रयाससमेत गरेकी छन् । एक भारतीय अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘रणबीर कपुरबाट मलाई बिहेको प्रस्ताव आएकै छैन ।’
केही दिनअघि अभिनेत्री करिना कपुर खानले ‘भाभी’ भनेपछि कट्रिना–रणबीरको बिहेको हल्ला सुरु भएको हो तर, त्यतिखेरै पनि कट्रिनाले आफूलाई सफाई दिएकी थिइन् । कट्रिनाले आफ्नो रणबीरसँग बिहेको अपवाह फैलिनलाई करिना दोषी भएको बताएकी छन् । केही दिनअघि करणको टक शो ‘कफि वीथ करण’ मा करिनाले उनलाई ‘भाभी’ भनेकी थिइन् । आफूलाई रणबीरसँग ‘जबरजस्त’ जोड्न खोजिएको कट्रिनाको भनाइ छ ।
आफ्ना काकाको छोरा भएकाले पनि करिनाले आफूलाई रणबीरसँग जोड्न खोजेको कट्रिनाले बताइन् । कुरै कुरामा करिनाले कट्रिनालाई ‘भाभी’ भनेपछि रणबीर–कट्रिनाको बिहेको योजनासमेत बनाएकी थिइन् । तर अहिले त्यो अपवाहमा कट्रिनाले पूर्णविराम लगाएकी छन् ।
कट्रिनाले भनेकी छन्, ‘यो सबै करिनाको मजाकले भएको हो । यसमा कुनै गम्भीरता लिने कुरा छैन ।’ पछिल्लो समय करिनाले पनि भनिसकेकी छन्, ‘कट्रिनालाई जिस्क्याएर भाभी भनेकी हुँ ।’ साथै, कट्रिनाले आफू अहिले सिंगल रहेको बताएकी छन् । उनले भनिन्, ‘अहिले म सिंगल छु । केही वर्ष सिंगल नै हुनेछु ।’ कहिले बिहे गर्छु भनेर भन्नै मुश्किल रहेको उनले सुनाइन् । केही समययता रणबीर–कट्रिनाबीच अफेयर्सको चर्चा चल्दै आएको हो । कुनैदिन उनीहरु सँगै देखिएका पनि थिए । पछिल्लो समय रणबीर र कट्रिनाले चाँडै बिहे गर्दैछन् भन्ने चर्चासमेत थियो ।

%d bloggers like this: