Sat. Apr 20th, 2024

अध्ययनको सिलसिलामा अमेरिका पुगेकी अपला उपाध्याय यतिखेर मोडलिङमा व्यस्त छिन् । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा बायो टेक्नोलोजीमा स्नातक अध्ययनरत २४ वर्षीया अपला अब चाँडै हलिउडका स्थापित गायक काल्भिन डी टुकरको नयाँ म्यूजिक भिडियो देखिँदैछिन् ।
आफू अध्ययनरत विश्वविद्यालयको  गुणस्तर नियन्त्रण व्यवस्थापक तथा सहायक अनुसन्धानकर्तासमेत रहेकी काठमाडौं पुरानो वानेश्वरकी अपलाले सन् २००३ मा काठमाडौंमा रुसी सांस्कृतिक केन्द्र आयोजना गरेको राष्ट्रव्यापी सामुहिक नृत्य प्रतियोगितामार्फत कलाको स्वाद चाखेकी हुन् । उनी ६ वर्षयता अमेरिकामा मोडलिङमा सक्रिय छिन् । मिस अमेरिका निना डाभ्यूल्रीसँग समेत न्यूयोर्कमा काम गर्ने अवसर पाइसकेकी अपला भन्छिन्, ‘यो मेरा लागि पछिल्लो साताको सबैभन्दा सुखद अनुभव हो । मिस अमेरिकाँंग मैले मोडलिङ र स्टेज शोबारे धेरै सिक्न पाएँ ।’
बाल्टिमोरमा बस्दै आएकी अपला केही दिनअघि हलिउड फिल्म ‘द डे अफ दि गन’ को विशेष प्रदर्शनीमा रेड कार्पेटमा प्रस्तुत भइन् । सन् २०१२ की ‘मिस वाल्टिमोर’ र ‘मिस एएनए–२०११’ बिजेता अपला मेरिल्याण्ड एकेडेमी अफ कल्चर आट्र्सले गरेको फेसन सोमा सर्वोत्कृष्ट मोडल घाषित भएन् । हालसम्म अमेरिकामा दर्जनौ फेसन सोमा ¥याम्प नापिसकेको उनले बताइन् ।
–  बाल्टिमोरबाट कृष्ण तिमिल्सिनाको सहयोगमा

%d bloggers like this: