Wed. Jan 15th, 2025

एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको ट्रेनले किच्यो भने मत्ता हात्ती त ठहरै हुन्छ भने मान्छेको के कुरा? तर, अमेरिकाको मिचिगनमा ट्रेनले किचिएका एक व्यक्ति उपचारपछि अस्पतालबाट घर फर्किएका छन्।
रेलको लिकमा हिँड्दै गरेका डेरी लीलाई ट्रेनले किचेको थियो। रेलले बारम्बार हर्न बजाए पनि इयरफोनमा गीत सुनिरहेका उनले सुनेनन् र किचिए। शरीर क्षतविक्षत भएको अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ उनको उपचार भएको थियो।
स्थानीय प्रहरी जोन बोडका अनुसार ट्रेनले यसरी किचेको मान्छे बाँचेको उनले पहिलोपटक देखेका हुन्। ट्रेनको धक्का लागेर उनी रेलको लिकदेखि २० फिट पर उछिट्टिएका थिए।