Fri. Apr 26th, 2024

अभिनेत्री सौजन्य सुब्बा शेर्पेनीका रुपमा देखिँदैछिन् । पहिलो शेर्पा भाषाको चलचित्र भनिएको ‘कसुम’ मा सौजन्य शेर्पेनी युवतीको भूमिकामा देखिने भएकी हुन् । सागर सुब्बाले निर्देशित यस चलचित्रको छायांकन सकिएको छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको परम्परागत पेसा चौरी चरनबारे आधारित चलचित्र ‘कसुम’ को छायांकन दोलखा, जिरी, बुल डाँडा र काठमाडौंलगायतका स्थानमा गरिएको छ । निर्देशक सुब्बाका अनुसार चलचित्रको कथा चौरी गोठबाट सुरु भएको छ । ‘चलचित्रको कथा चौरी गोठबाट सुरु हुन्छ’ निर्देशक सुब्बाले भने, ‘समग्र चलचित्रमा शेर्पा समदायको रहन–सहन र संस्कृतिमा आधारित छ ।’
नेपाल शेर्पा आदिवासी फिल्म्स्को ब्यानरमा प्रस्तुत ‘कुसम’ मा फाराडेन्डी शेर्पा र निमा शेर्पाको लगानी रहेको छ । दीपेन्द्र दोङ तामाङको कथा तथा पटकथा रहेको यस चलचित्रमा छायांकन रविन्द्र बराल र सम्पादन शिव शर्माको रहेको छ । चलचित्रमा सौजन्यका आलावा कर्मा शेर्पा, डाल्मा शेर्पा, अर्चन राई, अनिता लामा, सुप्रिम कटवालगाायतको मुख्य अभिनय छ । ‘कुसुम’ को संगीत फाराटेण्डी शेपाले दिएका छन् । यो चलचित्र ल्होसारको अवसरमा रिलिज गर्ने लक्ष्य रहेको जनाइएको छ ।

%d bloggers like this: