Fri. Apr 26th, 2024

स्विडेनको उत्तरी क्षेत्रमा रहेको जुकास्जार्भी शहरमा निर्माण भएको बरफको होटलले धेरैलाई छक्क पारेको छ । त्यसमाथि सरकारी अधिकारीले होटलमा सम्भावित आगलागीबाट जोगिन होटलमा ‘फायर अलार्म’ जडान गर्न होटल प्रशासनलाई निर्देशन दिएपछि धेरै जना तीनछक परेका छन् । बरफको घरमा आगलागी नहुने अनुमानसहित होटलमा ‘फायर अलार्म’ जडान गरिएको थिएन ।
सरकारी अधिकारीको निर्देशनपछि होटल प्रशासनले समेत ‘फायर अलार्म’ राख्नु आवश्यक भएको जनाएको छ । होटल प्रवक्ताले होटलका भुइँ, भित्तामा आगो नलागे पनि ओछ्यान, सिरानी, सिरक आदि आगलागीका दृष्टिकोणले संवेदनशील भएकाले सरकारी निर्देशनबमोजिम ‘फायर अलार्म’ राख्ने तयारी भइरहेको बताइन् । ‘ग्राहकको सुरक्षा हाम्रो मुख्य प्राथमिकता हो,’ प्रवक्ता बिट्राइस कार्लसनले भनिन्, ‘यसमा कुनै पनि कसर बाँकी राखिन्न ।’
यो होटल हरेक वर्ष डिसेम्बरदेखि अप्रिल महिनासम्म मात्रै सञ्चालन गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो । गर्मी महिनामा होटल पग्लिने भएकाले त्यस अवधिमा होटल सञ्चालन हुँदैन । हरेक वर्ष जाडो लागेपछि होटल पुनःनिर्माण गर्नुपर्छ । बरफको होटलभित्र नितान्त नौलो अनुभूति गर्न पाइने भएकाले यसप्रति मानिसहरूको आकर्षण बढिरहेको छ ।

Ice Hote; (3)

Ice Hote; Ice Hote; (2)Ice Hote; (4)

%d bloggers like this: