Thu. Apr 25th, 2024

युवा अवस्थामा आउने जोशलाई मुख्य विषय बनाएर फिल्म ‘जोश’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना फिल्म निर्माणको घोषणा गरिएको हो । ऋषि न्यौपानेले निर्देशन गर्ने फिल्ममा हट हिरोइनका रुपमा चिनिएकी महिमा सिलवाल, अभिनेता शुसिल क्षेत्री, विरेन डिसी, ईशा चौधरी लगायतले अभिनय गर्नेछन् । फिल्मको निर्माण पंकज खड्काले गरेका हुन् । रवि कोइरालाले छायांकन गर्ने फिल्मको संगीत अमित श्रेष्ठको रहेको छ । कृष्ण कोइराला निर्माण संयोजक रहेको फिल्मका लेखक निर्देशक लामिछाने नै हुन् ।

%d bloggers like this: