Fri. Apr 19th, 2024

पूर्वी नेपालका युवतीहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष धरानमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको पा“चौ संस्करणको लागि आवेदन फारम खुला गरिएको छ।
मिस पूर्वाञ्चल २०१४ लाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारीस“गै अडिसन आगामी पौष १८ गते देखि पूर्वका विभिन्न शहरहरुमा आयोजना हुनेछ। अडिसन विर्तामोडमा पौष २० गते, विराटनगरमा पौष २१ गते र धरानमा पौष २२ गते आयोजना हुनेछ।
अडिसनबाट छानिएका युवतीहरुलाई एक महिनाको व्यक्तित्व विकास उद्घोषण, र्‍याम्प, सौर्न्दय फेसन इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रमा विज्ञहरुबाट प्रशिक्षण गराइने छ भने ट्राफिक सचेतना, सामाजिक कार्य, रक्तदान, सरफाईलगायतका अघिल्ला वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै स्कुटी र्‍याली, पूर्वका पर्यटकीय स्थलहरुको भ्रमण लगायत फेसन सो समेत आयोजनागर्ने कार्यक्रम रहेको छ।
मिस पूर्वाञ्चलका अन्य कार्यक्रमलाई पूर्वाञ्चलव्यापी बनाउन पूर्वका विभिन्न स्थानहरुमा कार्यक्रम अयोजना गरिने छ।
फाइनल प्रतियोगिताबाट मिस पुर्वाञ्चल २०१३ स“गै फस्ट रनर अफ, सेकेण्ड रनर अफलगायत फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइस लगायतका विधामा समेत पुरस्कृत गरिनेछ।
मिस पुर्वाञ्चल विजेतालाई स्कुटीस“गै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको छ भने फस्ट र सेकेण्ड रनरअपलगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारस“गै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो।
हालसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ, २०१२ मा अस्मिता गुरुङ र २०१३ मा नेहा बजाजले मिस पुर्वाञ्चलको उपाधि हात पारिसकेका छन्।
आवेदन फारम भर्न मिस पूर्वाञ्चलको फेसबुक पेज www.facebook.com/misspurwanchal र www.manoranjansansar.comबाट डाउनलोड गर्न सकिने छ।

%d bloggers like this: