Thu. Aug 18th, 2022

बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितले पुरुषप्रति आक्रोश व्यक्त गरेकी छन् । उनलाई फिल्म क्षेत्रमा पुरुषको वर्चश्व हुने गरेकामा पटक्कै तित्त बुझेको छैन । उनी भन्छिन्, ‘यो संसार पुरुष प्रधान भएकै कारण महिला अगाडि बढ्न सकेका छैनन् । आफ्नो आगामी नारी प्रधान फिल्म ‘डेढ इश्किया’ को प्रचारमा व्यस्त रहेकी यी अभिनेत्रीले यस्तो धारणा सुनाएकी हुन् ।

माधुरी भन्छिन्, ‘यो दुनियाँमै पुरुषको प्रभुत्व छ ।’ उनका अनुसार महिला आत्मनिर्भर हुन सकेको कारण पनि पुरुष नै हुन् । ‘महिला आत्मनिर्भर हुनै सकेका छैनन्’ माधुरी भन्छिन्, ‘फिल्मकै कुरा गर्ने हो भने महिलाहरु बिहेपछि कम विकल्प हुन्छन् ।’ माधुरीलाई लाग्छ, फिल्म उद्योग मात्र नभई संसारमै पुरुष वर्चस्व छ ।
त्यसो त माधुरीले पनि बलिउडमा राम्रै स्थान पाइरहेकी छन् जबकी २ सन्तानकी आमा भएर पनि उनको सुन्दरतामा कुनै कमि आएको छैन । आफ्नो सुन्दरतामा कमि नआउनुमा आफ्नो अनुशासनको कमाल ठान्छिन् उनी । ‘हरेक कुरा जीजनशैलीमा भरपर्छ’ माधुरी भन्छिन्, ‘मलाई अहिले पनि आफूलाई बुढी लाग्दैन । मेरो अनुहार र शरीर अझै तरुनीकै जस्तो लाग्छ ।’ कुनै समयकी बलिउड स्टार माधुरीले हिजोआज पनि आफूलाई स्टार नै मान्छिन् । हुन पनि उनको स्टारडम घटेको छैन ।
पछिल्लो समय ‘डेढ इश्किया’ र ‘गुलाब ग्याङ्ग’ मा अभिनय गरेपछि त उनको चर्चा पनि चुलिएको छ । उनी भन्छिन्, ‘म कुनै सुपरस्टार होइन तैपनि स्टारजस्तै लाग्छ ।’ एक प्रशंगमा माधुरीले भनिन्, ‘अहिलेको समयमा फिल्मको कथा महत्वपूर्ण हुन्छ । कथाको मागअनुसार कलाकार चयन गरिन्छ । म पनि फिल्ममा कथालाई नै महत्व दिने गरेकी छु ।’ माुधरीको नजरमा जूही चावला पनि सुपरस्टार हुन् । उनले जुहीको अभिनयमा दम भएको सुनाउँदै भनिन्, ‘वास्तवमा म जुहीलाई सुपर स्टार मान्छु । उनी जस्ता अभिनेत्री बलिउडमा कमैमात्र छन् ।’