Fri. Apr 26th, 2024

फिल्म ‘हाइवे’का निर्देशक दीपक रौनियारको निर्माणधीन दोस्रो फिल्म ‘ह्वाइट सन’ले ‘ह्युवट बाल्स फण्ड’ जितेको छ । नेदरल्याण्डको रोट्रड्याम अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ४ सय ६४ फिल्ममध्ये उत्कृष्ट १४ भित्र पर्दै उनको दोस्रो फिल्म ‘सेतो सूर्य’ (ह्वाइट सन) ले झण्डै १४ लाख रुपैयाँ राशी जितेको हो । महोत्सवले हरेक वर्र्ष २ पटक बाँड्ने फिल्म निर्माण सहयोग ‘ह्युवट बाल्स फण्ड’ संसारमै प्रतिष्ठित मानिन्छ । योपटक फण्डले एसिया, इस्टर्न युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका ४ सय ६४ आवेदकमध्ये ९ वटा देशका १४ वटा फिल्मलाई करिब २ करोड २२ लाख रुपैयाँ बराबरको निर्माण सहयोग बाँड्ने निर्णय गरेको हो ।
ह्वाइट सनको छायांकन अर्को ६र७ महिनाभित्र नेपालको पूर्वी पहाडमा हुने बताइएको छ । यो फिल्म पनि न्यूयोर्कको लुभरच्योर फिल्म्सको सहकार्यमा बन्दै छ ।

%d bloggers like this: