Fri. Apr 26th, 2024

अमेरिकी अभिनेत्री जो साल्डानाले आमाले आफ्नो टाउकोमा रम लगाइदिने गरेको बताएकी छिन् । ‘शरीरका अंगहरूको स्याहारसुसारका लागि प्राकृतिक पद्धति अवलम्बन गर्नुपर्छ भन्ने ठान्नुहुन्थ्यो,’ उनले भनिन्, ‘रसायनयुक्त पदार्थ प्रयोग गर्न भरिसक्के दिनुहुन्नथ्यो । यसले मलाई फाइदा ग¥यो ।’
आमाले टाउकोमा रम लगाइदिने गरेको सम्झिँदै उनले भनिन्, ‘घाममा निस्किनुअघि उहाँ मेरो टाउकोमा रम दलिदिनुहुन्थ्यो । एक पटक टाउकोमा रम दलेर भलिबल खेल्न गएकी थिएँ । अरूले मेरो शरीरबाट रक्सीको गन्ध आएको भन्दै मैले रक्सी सेवन गरेको आशंका गरे ।’ रम दलेपछि आफ्नो कपालमा निखार आउन थालेको उनले बताइन् ।

%d bloggers like this: