Fri. Apr 26th, 2024

मृत्यु जीवनको समाप्ति हो, आशक्तिहरूको समाप्ति हो, आकांक्षाहरूको समाप्ति हो । तर, व्यापारीहरूले मृत्युलाई पनि ‘ग्ल्यामरस’ र सेक्सी बनाइदिएका छन् ।
लिन्डनर नामक पोल्यान्डको एउटा कम्पनीले शवबाकस बनाउँछ र बेच्छ । उसले आफ्नो क्यालेन्डरमा शवबाकसको विज्ञापनमा सुन्दर मोडलहरूलाई प्रयोग गरेको छ । एकसे एक सुन्दर, अर्धनग्न÷नग्न मोडलहरूले शवबाकससँग जोडिएर मृत्यु र ग्ल्यामरलाई मिसाइदिएका छन् ।
रकेट न्युज २४ का अनुसार लिन्डनरले सन् २०१० देखि नै बजार प्रवद्र्धनका लागि यस्ता तमासा गर्दै आएको छ । रकेटले लिन्डर्नको उद्देश्य शवबाकसप्रति मान्छेहरूको दृष्टिकोणलाई हलुका बनाउनु भएको बताएको छ । तर, स्थानीय चर्चहरूले लिन्डनरको क्यालेन्डरको भत्र्सना गरेका छन् । लिन्डनरले शवबाकस खरिदकर्तालाई शवबाकस आकारकै लकेट उपहार पनि दिने गरेको छ ।

%d bloggers like this: