Fri. Apr 26th, 2024

अरुबेला सर्जरीमा ब्यस्त रहने वरिष्ठ सर्जन डा.वसन्त पन्त आइतवार एउटा फिल्मको कार्यक्रममा देखा परे । उनले फिल्म ‘मोक्ष’को अडियो मात्रै लन्च गरेनन्, फिल्मको ‘चिरफार’ पनि गरेका छन् ।
एक्सिडेन्टमा परेर स्पाइरल कर्ड इन्जुरी भएका प्रविन श्रेष्ठको कथा, सम्पादन र निर्देशन रहेको फिल्मको ट्रेलर र अडियो डा. पन्तको प्रमुख आतिथ्यमा सार्वजनिक भएको थियो । ह्वीलचियरको सहारामा मात्रै चल्न सक्ने प्रविनले गरेको प्रगतिले आफू गद्गद् भएको बताउदै उनले फिल्मलाई अन्र्तारष्ट्रिय स्तरमा पनि देखाउनुपर्ने बताए । प्रविनको एक्सिडेन्टपछि उपचारमा संलग्न भएर उनीस“ग प्यासेन्ट र डाक्टरको सम्बन्ध नभइ साथीभाईको सम्बन्ध रहेको उनले बताए । उनले भने, ‘प्रविनले यति ठूला एक्सिडेन्ट भोग्नुपर्दा पनि हिम्मत हारेन, जसका कारण आज ऊ उत्कृष्ट सर्जकका रुपमा देखिएको छ ।’ फिल्ममा रमाइलोका साथै स्पाइरल कर्ड इन्जुरीका बारे पनि समेटिएकोले ज्ञानबद्र्धक भएको बताए ।
फिल्ममा प्रविनले आफ्नो र ब्यान्डमा रहेर गायनमा भविष्य खोज्ने केही साथीहरुको रियल कथा उतारेका बताएका छन् । फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम ंिसंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराइली, सपना श्रेष्ठ र वसन्त भट्ट लगायतको अभिनय छ । सुनिल मानन्धरले निर्माण गरेको फिल्मको पटकथा प्रज्ञान थापा र राजन कठेतले लेखेका हुन् ।

%d bloggers like this: