Sat. Apr 27th, 2024

अंग्रेजी नयाँ वर्ष अर्थात २०१४ लाग्न अब दुई साता मात्र बाँकी छ, योसँगै बलिउडकर्मीको लोखाजोखा सुरु भएको छ । यस्तै बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाले सन् २०१३ को ‘हट वुमेन’ उपाधि पाएकी छन् । भारतको चर्चित पुरुष पत्रिका ‘म्याक्सिम’ले प्रियंकालाई यस वर्षको ‘हट वुमेन’ उपाधि दिएको हो । एक सय सुन्दर महिलाबीचमा गरेको सर्वेक्षणबाट प्रियंका ‘हट वुमेन–२०१३’ चुनिएको म्यागजिनले जनाएको छ । प्रियंकाले लगातार यो उपाधि पाएकी हुन् । उनले यसअघि पनि ‘हट वुमेन’ उपाधि पाइसकेकी छन् । म्यागजिनले डिसेम्बर अंकमा प्रियंकालाई अन्तवार्तासहित आवरणमा स्थान दिएको छ । अन्तवार्तामा प्रियंकाले भनेकी छन्, ‘हट महिलाको सुचिमा टपमा आउनु मेरा लागि गर्वको कुरा हहो । मलाई एकदमै खुसी लागिरहेको छ, किनकि, दोस्रोपटक हट महिला बनेकी छु ।’ उनले आफू हट बन्न कुनै विशेष प्रयासमा नरहेको पनि बताइन. । उनले भनिन्, ‘आफूलाई हट भन्दिनँ तर मलाई अरुले हट नै मान्छन् भने यो मेरा लागि खुसीको कुरा हो ।’

%d bloggers like this: