Wed. Apr 24th, 2024

अभिनेत्री रेखा थापासँग अलग भएपछि निर्माता छविराज ओझा एक्लिए भन्ने धेरैलाई लागेका होला । तर, उनका त ‘दुबै हातमा हिरोइन’ भएको छ । चर्चित उखान ‘दुवै हातमा लड्डु’को नयाँ भर्सन  तस्बिरमा देखिएको छ ! यो तस्बिर एउटा फिल्मकै कार्यक्रममा ‘क्लिक’ गरिएको हो, जहाँ छवि आफ्ना नवोदित अभिनेत्रीद्वय रजनी केसी र शिल्पा पोखरेललाई अँगालेमा लिएर पोेज दिन खुसीका साथ तयार भए ।
सायद यो रेखालाई देखाउनु जो छ । आफ्ना दुई चलचित्रमा फरक–फरक नायिका डेब्यु गराउनुको कारण पनि रेखाकै देखिसिकी हो । रजनीलाई ‘लोफर’ र शिल्पालाई छविले ‘लज्जा’मार्फत डेब्यु गराए । करिब १२ वर्षअघि उनले रेखालाई पनि यसरी नै फिल्ममा डेब्यु गराएका हुन् । हुन त रेखापछि केही हिरोइनलाई पनि छविले डेब्यु नगराएका होइनन् तर ती कहाँ पुगे, पत्तो छैन ।
चलचित्र क्षेत्रमा नयाँ हिरोइन डेब्यु गराउनेको ‘टप पाँच’ भित्र छविको नाम पर्छ । यसपटक रजनी र शिल्पालाई मौका दिएपछि त एक नम्बरमै पो पर्ला कि ?
रेखाको ‘रिप्लेस’ बनाए रजनीलाई उचालेजस्तै हिजोआज शिल्पालाई रजनीको ‘रिप्लेस’ भनेर उचाल्न थालिएको छ मिडियामा । तर छविका लागि रजनी र शिल्पा एउटै हुन्, जो रेखाको ‘रिप्लेस’मा आएका हुन् ।

%d bloggers like this: