Tue. Apr 23rd, 2024

बलिउडका हट जोडी ऋतिक रोशन र सुजैन रोशनले १७ वर्ष पुरानो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका छन् । अमेरिकाको लस एन्जेलसमा पुगेर उनले औपचारिक रुपमा आफ्नो सम्मबन्धमा पूर्णविराम लागेको घोषणा गरेका हुन् । उनले भने, ‘डिभोर्सको फैसला सुजनले गरेकी हुन् । मेरो अब उनीसँग कुनै सम्बन्ध छैन । उनले यो आफ्ना लागि एकदमै अप्रिय समय भएको भन्दै विवाह जस्तो संस्थामा विश्वास गर्नेले त्यही संस्था भत्किँदा कमजोर महशुस हुने बताए ।
यो जोडीमा दरार आउनुका विभिन्न कारण यतिबेला भारतीय मिडियाले विश्लेषण गरिरहेका छन् तिमध्य दुवै जनाको बाह्य अफेयरले बढी काम गरेको आइरहेको छ । ऋतिकले फिल्म काइट्सकी हिरोइन बारबरा मोरीका साथ अफेयर चलाए । यही अफेयरले सुजैनको मनमा चिसो पसेको थियो । बारबरा र ऋतिक सुटिङका बेला नजिकिएका थिए । यीनीहरुले फिल्ममा अन्तरंग दृष्य पस्केका थिए । त्यो सिनमा मात्रै कायम नभइ ब्यक्तिगत जीवनमा पनि पुगेको चर्चा चलेको थियो । त्यसपछि त्यतिबेला सुजेन ऋतिकबाट छुटिएर होटेलमा बसेकी थिइन् । तर, ऋतिकले माफी माग्दै मनाएका थिए । सुजैनलाई बारबरा र ऋतिकको सम्बन्ध सकिएकोमा कहिल्यै विश्वास भएन, उनी लगातार शंका गर्न थालिन् ।
ऋतिकसँग सम्बन्ध चिसिदै गइरहेका बेला उनको भेट अभिनेता अर्जुन रामपालसँग भयो । उनीहरुबिच अफेयर रहेको हल्ला निकै चल्यो । ऋतिकलाई यो हल्ला भएपनि पाच्य भएको थिएन । त्यसैले उनी पनि पत्नी सुजैनमाथि शंका गर्न थाले । यही शंकाले उनीहरुको सम्बन्धको लंका जलायो ।

%d bloggers like this: