Fri. Mar 29th, 2024

क्याम्पस पढ्दै गरेकी एक किशोरीले अनलाइनमार्फत आफ्नो कुमारीत्व लिलाम गर्न विश्वभरिका पुरुषलाई आह्वान गरेकी छिन् । भर्जिन्स वान्टेड टू डटकममा उनले कुमारीत्व बिक्रीमा राखेकी छिन् ।
ब्राजिलकी कट्रिना मिग्लियोरिनी नाम गरेकी युवतीले सन् २०१२ मा पनि यसैगरी आफ्नो कुमारीत्व लिलामीका लागि पस्किएकी थिइन् । जापानका एक व्यापारीले ७ लाख ८० हजार डलर तिरेर कट्रिनालाई केही दिनका लागि आफ्नो बनाउने घोषणा गरेका थिए । यो ठूलो लेनदेनको विषयले अनेक विवाद निम्त्याएको थियो । कट्रिनाको कुमारीत्व खरिद–बिक्री हुन नसके पनि उनी रातारात सेलिब्रिटी भइन् । विश्वप्रसिद्ध म्यागजिन ‘प्लेब्वाई’ले उनलाई ‘कभर’ पृष्ठमा प्रकाशित ग¥यो, जुन सौभाग्य संसारका गिनेचुनेका मोडल, अभिनेत्री आदिले मात्रै पाउँछन् ।
यसपटक नयाँ वेबसाइट खोलेर उनले आफूलाई पुनः लिलामीमा राखेकी हुन् । ‘यसअघि मैले आफ्नो जवानीलाई लिलामीमा राख्दा संसारभरिका सञ्चारमाध्यमले यसबारे चासो देखाएका थिए । यसपटक पनि मैले आफूलाई दाउमा लगाएकी छु । इच्छा हुनेले मेरो जवानी खरिद गर्न सक्छ,’ उनले भनिन् ।
कुमारीत्व खरिद गर्न चाहनेले डिसेम्बर १२ सम्म आवेदन दिइसक्नुपर्नेछ । ‘मलाई ओछ्यानसम्म डोहो¥याउन चाहनेसँग कम्तीमा पनि एक लाख डलर हुनैपर्छ । त्योभन्दा कम पैसा प्रस्ताव गर्नेको आवेदन स्वीकृत हुँदैन,’ कट्रिनाले भनिन् ।

%d bloggers like this: