Thu. Mar 28th, 2024

चर्चित विजनेश पत्रिका  ‘फोब्र्स’को इन्डिया स्पेशल अंकमा भारतका एक सय प्रतिष्ठित तथा सेलिब्रेटीकोे सुचि प्रकाशित गरेको छ । उक्त सुचिमा बलिउड अभिनेता शाहरुख खान एक नम्बरमा परेका छन् । ‘फोब्र्स’ पत्रिकाले शाहरुखलाई यो वर्ष धरै कमाइ गर्नेको सचिमा एक नम्बरमा राखेको हो । पत्रिकाले कमाई र प्रतिष्ठाका आधारमा प्रभावशाली व्यक्तिकोे सुचि तयार गरेको जनाएको छ ।
शाहरुख कमाइमा एक नम्बरमा आए पनि प्रतिष्ठाको हिसाबले क्रिकेटर सचिन तन्दुलकर सबैभन्दा अगाडि छन् । नम्बर एकमा परेका शाहरुखले यो वर्ष अर्थात सन् २०१३ मा २ सय २० करोड ५० लाख रुपैयाँ कमाएको उल्लेख छ । आफ्नो लिस्टमा परेका एक यसमध्ये शाहरुखको उक्त कमाई सबैभन्दा धरै भएको भन्दै उनलाई एक नम्बरमा राखिएको फोब्र्सले जनाएको छ । र, कमाइको अधारमा टीम इन्डियाका कप्तान महेन्द्रसिंह धोनी दोस्रो स्थानमा छन् ।
धोनीले यो वर्ष १ सय ५५ करोड ३२ लाख रुपैयाँ कमाएका छन् जबकि बलिउडका ‘दबंग हिरो’ सलमान खान सुचिको तेस्रो नम्बरमा छन् । सलमानले २०१३ मा कुल १ सय ५७ करोड ५० लाख रुपैयाँ कमाएका छन् ।
प्रतिष्ठाको आधारमा एक नम्बरमा रहेका सचिन तेन्दुलकर कमाइमा भने चौथो स्थानमा छन् । उनको यो वर्ष कुल कमाइ ९४ करोड ३२ लाख रुपैयाँ मात्र छ । तर उनलाई प्रतिष्ठाले अगाडि ल्याएको छ । सचिनपछि बलिउडका महानायक अमिताभ बच्चनको नम्बर आएको छ, जबकी अमिताभले यस वर्ष १ सय ४७ करोड ५० लाख कमाइ गरेका छन् । र, कमाइकै आधारमा लिने हो भने अमिताभ दोस्रो स्थानमा छन् ।
धरै कमाइ गर्नेमा अभिनेता अक्षय कुमार पनि परेका छन् । छैटौ नम्बरमा परेका अक्षयले यो वर्ष १ सय १८ करोड १३ लाख रुपैयाँ गरेका छन् । त्यस्तै, विराट कोहली सातौमा छन्, उनको कमाइ ५७ करोड ३१ लाख रहेको छ भने अभिनेता रणवीर कपुरले ६८ करोड र ६० लाख कमाएर आठौं स्थानमा परेका छन् ।
अभिनेत्रीहरुमा कट्रिना कैफ अगाडि छन् । सुचिको ९ नम्बरमा रहेकी कट्रिनाले यो वर्ष ६३ करोड ४५ लाख रुपैयाँ कमाइन् । र दसौं स्थानमा परेका अभिनेता ऋतिक रोशनले यो वर्ष ६२ करोड ५० लाख रुपैयाँ कमाइ गरेका छन् ।
धेरै कमाइ गर्नेको सुचिमा यसपटक कपिल शर्माको नाम पनि परेको छ । उनले आफ्नो कमेडी शोमार्फत फरक पहिचान बनाएको भन्दै पत्रिकाले आफ्नो सुचिमा राखेको छ । कपिलकै सुचिमा रवीन्द्र जडेजा दोस्रो स्थानमा छन् भने चेतेश्वर पुजारा यो सुचिमा तेस्रो र चौथो नम्बरमा बलिउड अभिनेत्री दीपिका पादुकोण परेका छन् । यिनीहरुको बढ्दो साखको आधारमा सुचिमा राखेको पत्रिकाले जनाएको छ । दीपिकाले यो वर्ष ‘चेन्नई एक्सप्रेस’ र ‘रामलीला’ जस्ता सफल फिल्ममा अभिनय गरिन् ।

%d bloggers like this: