Tue. Apr 23rd, 2024

राणा शासक जंग बहादुर कुँवर राणाको कथालाई आधार मानी आधुनिक युगको जंगेलाई प्रस्तुत गरी निर्माण गर्न लगिएको चलचित्र जङ्गेको कलाकार छनोट धमाधम भईरहेको छ।
नेपाली सिनेमाका लागि उत्कल थापा आँफैमा डेब्यु निर्देशक हुन् । तथापि अष्ट्रेलियाबाट सिनेमा अध्ययन गरेको अनुभव छ उनीसँग । सोही कारण उनले नेपाली इतिहासकै सबै भन्दा शक्तिशाली पात्रलाई रोजेर सिनेमामा उतार्ने काम गर्दैछन् । यो कार्यमा उत्कलसँग नेपाली सिनेबृत्तका कुशल छायाँकार एवं सफल निर्माता सुसन प्रजापति उत्रिएका छन् । जंग बहादुरलाई प्रतिक बनाएर उत्कल र सुसनले चलचित्र ‘जंगे’ निर्माण गर्दैछन् । सबै कलाकार नयाँ राखिने जंगेको भोली ११ डिसेम्बर ११ बजे दिउसो हुकुम पार्टी प्यालेश बिजुली बजारमा अन्तिम अडिसन गरिने छ।

%d bloggers like this: