Wed. May 1st, 2024

‘लोफर’ले बक्सअफिसमा मध्यम ओपनिङ गरेको निर्माण कम्पनीले जनाएको छ । मुलुकका १०० पर्दाबाट रिलिज भएको सिनेमाले दर्शक र क्रिटिक्स बाट सकरात्मक प्रतिक्रिया पाएको निर्देशक आदित्यविक्रम लम्सालले बताए।
६० लाख लगानीको सिनेमाले लगानी रिकभरका लागि एक करोड २० लाख ग्रस कलेक्सन गर्नुपर्छ । मल्टिप्लेक्ससहित सिंगल स्क्रिनमा रिलिज भएको सिनेमा मोफसलका अधिकांश सिंगल स्क्रिनबाट प्रदर्शनमा आएको छ । दयाहाङ राई, कमलमणी नेपाल, आर्यन सिग्देल, सुशिलराज पाण्डे, रजनी केसी अभिनित सिनेमालाई छविराज प्रोडक्सन र गुण सिनेमाले निर्माण गरेको हो ।

%d bloggers like this: