Fri. Mar 29th, 2024

 
लोफर
चलचित्र लोफर यो हप्ता एकल प्रर्दशनमा आऊने भएको छ। अन्य चलचित्रले आफ्नो प्रर्दशनको डेट यो हप्ता मंसीर २१गते शुक्रबार नतोकेकाले ‘लोफर’ मात्र चल्ने भएको छ। लोफर सय भन्दा धेरै हलमा देशभर एक साथ लाग्ने पहिलो चलचित्र भएको निर्माण पक्षको दाबी रहेको चलचित्रलाई छबिराज ओझाले निर्माण गरेका हुन भने निर्देशन आदित्य बिक्रम लम्सालको रहेको छ । सोसल ड्रामा र थ्रीलर श्रेणीमा राखिएको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई,सुशिल पाण्डे,कमलमणि नेपाल र नबनायिका रजनि के.सि को अभिनय रहेको छ।
आर…राजकुमार
शाहिद कपुर, सोनाक्ष सिन्हा र सोनु सुद स्टारर बलिउड फिल्मलाई बलिउडका चर्चित डान्स कोरियोग्राफर प्रभु देवाले निर्देशन गरेका हुन् । यो फिल्मको संगीत एकदमै हिट भएको छ । भिकी रजनी निर्मित फिल्मलाई सूत्र श्रेणीमा राखिएको छ । २ घन्टा १९ मिनेट लामो फिल्म नेपाली मल्टिप्लेक्समा रिलिज हुनेछ ।
द हंगर गेम्स
क्याचिङ फायर सुजना कोलिनको उपन्यासमा आधारित फिल्ममा एक्सन, एडभेन्चर र साइन्स फिक्सन राखिएको फिल्म द हंगर गेम्सको दोस्रो सिक्वेल हो । जेनिफर लरेन्स, जोस हटचर्सन, लियाम हेम्सवर्थ, उडी हेरेल्सनले अभिनय गरेका छन् । फ्रान्सिस लरेन्स निर्देशित फिल्मलाई नीना ज्याकोबसनले निर्माण गरेका हुन् । फिल्मलाई लायन्सगेटले विश्वब्यापी वितरण गर्दैछ ।

%d bloggers like this: