Fri. Apr 26th, 2024

पछिल्लो समय विभिन्न टाइटलमा धेरै सुन्दरी प्रतियोगिता भइरहेका छन् तर त्यही अनुपातमा पुरुष सौन्दर्य प्रतियोगिता भने असाध्यै कम हुने गर्छ। त्यसैले ग्ल्यामर वल्र्डमा करिअर बनाउन चाहने केटाहरुले आफ्नो क्षेमता प्रदर्शन गर्ने प्ल्याटर्फम पाइरहेका हुँदैनन्। त्यस्तै इक्षा चाहना भएका युवाहरु लाई राम्रो प्ल्याट्फर्म दिने उद्देश्यले राजधानी का दुइ इभेन्ट म्यानेज्मेन्ट कम्पनी इफोर इन्टरटेनमेन्ट र प्यासन इन्टरटेनमेन्ट ले संयुक्त रुपमा मिस्टर क्यापिटल टाइटलको पुरुष सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछन । पौसको पहिलो हप्तामा हुने उक्त प्रतियोगिताको लागि अहिले धमाधम अडिसनको काम भइरहेको छ। तिहार लगत्तै अडिसनमा छानिएका केटाहरुलाई प्रक्षिक्षण दिइने आयोजक इफोर इन्टरटेनमेन्टका निर्देशक दीपक घिमिरेले जानकारी दिएका छन्। २० केटाहरुबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताको कोरियोग्राफी मोडल/नायक यशराज गराचले गर्दैछन्।

प्यासन इन्टरटेनमेन्टका निर्देशक प्रबल गौतम भन्छन : ‘हामीकहाँ यस्ता सौन्दर्य प्रतियोगिता धेरै भएपनि प्रभावकारी हुन सकेको छैन्। उपाधी विजेतालाई कुनै अवसर नै दिइदैन्। आफैं लिंक बनाउनुपर्छ, आफैं काम खोज्नुपर्छ,’ उनले भने, ‘तर हाम्रो यो प्रतियोगिताको विजेताले त्यस्तो झन्झट् बेहोर्नु पर्दैन्। हामीले भनेजति अवसर दिनेछौं।’ प्रतियोगिताको उपाधी विजेताले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गर्ने तथा टिभी फिल्मीमा भिजेको रुपमा काम गर्ने अवसर पाउनेछन्। त्यस्तै विभिन्न ब्रान्डका विज्ञापनमा मोडलिङको अवसर प्रदान गरिने बताए। त्यस्तै, उनले नेपाली ग्ल्यामर क्षेत्रको लागि एउटा प्रतिभाशाली मोडल जन्माउने पनि आफूहरुलेको उद्येश्य रहेको बताए।

प्रतियोगितामा कोरियोग्राफी गर्ने जिम्मा पाएका नायक यशराज निकै उत्साही देखिएका छन्। मिस्टर भ्यालेन्टाइन २००२ र मिस्टर मेगा मोडल २००४ का उपाधी विजेता तथा मिस्टर हृयान्डसम २००३ का फस्ट रनरअप भएका उनी करिब ६ वर्षपछि कोरियोग्राफी गर्दैछन्।

%d bloggers like this: