Fri. Mar 29th, 2024

दसैँमा कार्यक्रमका लागि विदेश जान परेकाले तिहार चाहिँ भव्य रूपले मनाउने योजना छ । सानीमाको छोरालाई टीका लगाइदिन्छु । आफन्त र साथीहरुसँग भेटघाट गर्छु ।
आस्था राउत, गायिका

Astha Raut

दाइलाई टीका लगाइदिन्छु । पार्टीको काममा पनि लाग्नुपर्ने भएकाले तिहार काठमाडौँमै मनाउने कि विराटनगरमा भन्ने चाहिँ टुंगो लागिसकेको छैन । यस पटक ममी पनि मसँगै भएकाले मामाहरुसँग पनि भेट हुन्छ ।
रेखा थापा, अभिनेत्री

rekha-thapa

दिदीबहिनीसँग टीकाटालो भैहाल्यो । मुख्य योजना चाहिँ पुराना साथीभाइलाई भेट्ने छ । यो पार्टीलाई भोट हाल नभने पनि मतदान गर्ने कुरामा गाउँले र आफन्तलाई सचेत पनि गराउने योजना बनाएको छु ।
जीवन लुइँटेल, अभिनेता

jeevan-luitel

तिहार आफ्नै घरमा दिदीबहिनीसँग टीका लगाएर मनाउँछु । मैले बनाएको फिल्मको प्राविधिक कार्य बाँकी रहेकाले त्यो पनि यही समयमा सक्ने विचार छ ।
योगेन्द्र श्रेष्ठ, द्वन्द्वनिर्देशक

परिवारमा सबैभन्दा बढी माया गर्ने दाइले नै हो । आफूलाई माया गर्ने मान्छेको दीर्घायुका लागि टीका लगाउन पाइने भएकाले तिहार मेरा लागि सबैभन्दा ठूलो चाड हो । अरू योजना खासै छैन । दिदीबहिनीसँग भेट भएपछि सानोतिनो जुवाको खाल त जमाइहालिन्छ ।
सुमिना घिमिरे, अभिनेत्री

sumina

भाइबुहारीलाई टीका लगाइदिन्छु । सबै जना काठमाडौँमै भएकाले दाङ जाने सम्भावना छैन । पहिला त काठमाडौँको तिहार रमाइलो लाग्दैनथ्यो । अचेल बानी परिसक्यो । जमघटमै रमाउने योजना छ ।
कोमल वली, गायिका

Komal Oli

दाजुभाइलाई टीका लगाउँदा रमाइलो लाग्छ । तर, यही वर्ष मामु बित्नु भएकाले यो तिहार खल्लो हुनेछ । साथीभाइसँग गफगाफ गरेर मन बहलाउनुपर्ला ।
नीता ढुंगाना, अभिनेत्री

Neeta Dhungana

आफ्नै घर धादिङ, गजुरीमा कौसीमा बसेर दाइभाइलाई टीका लगाइदिएको याद गरेर यसपालिको तिहार बित्लाजस्तो छ । अहिले कार्यक्रमका लागि युरोपतिरै छ । फेसबुकमा दाइको फोटो हेरेर तिहार बित्नेछ ।
रेजिना उप्रेती, अभिनेत्री

Rejina-Uprety-Interview-with-Guru

आफ्नो समय आफ्नै हातमा भए पो तिहार कसरी मनाउने भनेर योजना बनाउन पाइन्थ्यो । दसैँ–तिहार जे आए पनि गीत गाउन बोलाइहाल्छन् । दुईचार ठाउँमा गीत गाएर तिहार बित्छ होला ।
राजेश पायल राई

rajesh payal

%d bloggers like this: