बलिउडमा जमेका विनोद भन्छन्, ‘नेपाल आफ्नै घर’

क्यामराकौशलले बलिउड हल्लाएका विनोद प्रधान केही दिनका लागि नेपाल आएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै विनोदले नेपाल आफ्नै घरजस्तो लाग्ने बताएका छन् । 
‘कुसुमे रुमाल’, ‘सपना’ जस्ता नेपाली फिल्म पनि खिचेका उनले भने, ‘नेपाली फिल्म कामको हिसावले होइन, रमाइलो गर्दै खिचिएका थिए ।’ फेरि पनि नेपाली फिल्ममा काम गर्ने संभावनाका बारेमा राखिएको जिज्ञासामा भने उनले घुमाउरो उत्तर दिए । नेपाल बसाइको क्रममा ‘एकादेशमा’ फिल्म फेस्टिबल अन्तर्गत गरिएको तीनघन्टाको अन्र्तक्रियामा उनले क्यामेरा सञ्चालनबारे प्राविधिक र सैद्धान्तिक अनुभव साटेका थिए ।
कालिम्पोङमा जन्मिएका प्रधानले कार्यक्रममा सक्दो नेपाली बोल्ने प्रयत्न गरेका थिए । ‘रङ दे वसन्ती, ‘देवदास’, ‘मुन्नाभाई एमविविएस’, ‘भाग मिल्खा भाग’लगायत थुप्रै चर्चित हिन्दी फिल्ममा उनले सिनेमाटोग्राफी गरेका छन् ।

binod 2 binod

Back To Top