Wed. Feb 5th, 2025

अभिनेता आर्यन सिग्देलले जोरपाटीकी सपना भण्डारीसँग चार वर्षदेखि चलिरहेको अफेयरलाई इन्गेजमेन्टमा परिणत गरेका छन् । आज दिउसो दुई बजे काठमाडौँको पुरानोवानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा नजिकका मित्र र आफन्तका बिच इन्गेजमेन्ट गरेका हुन् । 
दशैंको छेकोमा पारिवारिक माहोलमा सपनालाई आफ्नो बनाउन लागेका आर्यन केही सञ्चारकर्मी आइपुगेका देख्दा अचम्ममा परेका थिए । अभिनेता आर्यनको इन्गेजमेन्टमा फिल्म क्षेत्रका साथीमध्य उनकै आगामी फिल्म ‘मधुमास’ निर्देशक सुदर्शन थापा र फिल्मभित्रकी प्रेमिका पूजा शर्मा उपस्थित थिए ।
चार वर्षदेखि अफेयरमा रहेको बताउने सिग्देलले विवाह भने तत्काल नगर्ने बताएका छन् । ‘तत्काल विवाह गर्न मिल्ने अवस्था छैन,’ उनले भने । इन्गेजमेन्टपछिको योजनाका बारेमा मनोरञ्जनसँसारले गरेको प्रश्नको आर्यनले ठट्यौलो उत्तर दिए, ‘बच्चाबच्चीको कुरा बिहेपछि गरौँला ।’ फिल्ममा धेरैपटक इन्गेजमेन्ट गरेका उनले इन्गेजमेन्ट समारोह पनि सुटिङ जस्तै लागेको भन्दै माहोल रमाइलो गरेका थिए ।
फिल्म रिलिज हुन एक हप्ता मात्रै बाँकी रहेको अवस्थामा उनको यो कदमले फिल्लाई कत्तिको असर पार्ला ? आर्यन खाशै असर नपार्नेमा निश्चिन्त छन् । फिल्मका निर्देशक तथा निर्माता सुदर्शन भन्छन्, ‘फिल्म हलमा मधुमास लाग्ने बेला आर्यनजीको जीवन पनि मधुमास आएको छ, यो शुभ संकेत हो ।’

arayan 2 (2) arayan 2 (1) arayan 2