Sun. Jun 26th, 2022

भारतको एक टेलिभिजन च्यानलसँग हालै भएको कुराकानीमा अभिनेत्री दीपिका पादुकोणले दिएका जबाफ रोचक थियो । 
राति एक्लै समुद्री किनारमा पुगेर डुबुल्की लगाउन मन लाग्दैन ?
अहँ । एक्लै राति त्यसरी डुबुल्की लगाउन डर लाग्छ ।
पहिलो डेट कस्तो थियो ?
अहिलेसम्म डेट गएकी छैन । लानुहुन्छ भने तपाईंसँगै गइदिन्छु क्यारे ।
पहिलो किसको सम्झना छ ?
ड्याडीले सानोमा गालामा किस गर्नुहुन्थ्यो । म रमाउँदै ‘पापा’ भन्थेँ ।
कसैले तपाईंको जीवनी लेख्न चाह्यो भने किताबको शीर्षक के होस् भन्ने चाहनुहुन्छ ?
मेरो जीवनमा त्यस्तो लेख्नलायक केही छैन ।
कस्तो केटा मन पर्छ ?
चोट नदिने ।
कस्तो केटा मन पर्दैन ?
गलत सोच भएको ।
कुन गुणले केटालाई राम्रो बनाउँछ ?
सच्चापनले ।