Fri. Apr 19th, 2024

खसी महँगिदै गएको छ । पहिलो सिंगो खसी ढालेर भतेर लाउनेहरू अहिले किलोमा सन्तुष्ट हुन बाध्य छन् । तर, निर्देशक दिनेश डिसीलाई खसीको मूल्य बढे पनि, घटे पनि केही फरक पर्दैन । किनभने, विगत चार वर्षदेखि दसैँमा उनलाई खसी उपहार आइहेको छ । आफूलाई दिनेशको ‘डाइहार्ड फ्यान’ बताउने दाङका लेखराज बिसीले उनलाइ खसी उपहार पठाउँछन् । दिनेश भन्छन्, ‘मैले उहाँलाई नपठाउनू भन्दा पनि मान्नुहुन्न ।’ लेखराजले पहिलो वर्ष बसमा खसी पठाएर दिनेशलाई फोन गरेका थिए । खसी पठाउन थालेको दुई वर्षपछि यस्ता सहृदय फ्यानलाई भेटेका थिए उनले । दिनेशले यस वर्ष पनि उनलाई खसी नपठाउन आग्रह गरे । तर, लेखराजले मानेनन् ।

%d bloggers like this: